उपत्यकामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हट्यो

काठमाडौं।काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ।

 

 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

 

 

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

 

 

असार ३१ गतेसम्म निषेधाज्ञा भने जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।