आयोगद्धारा मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता गर्न आह्वान

काठमाडौं। प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता गर्न विज्ञप्ति जारी गरेर आह्वान गरेको छ ।

 

 

आयोगले सोमबार विज्ञप्ति जारी गरेर मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय तोकेको छ ।

 

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यही अनुसार आयोगले कार्यतालिका आज सार्वजनिक गरेको छ।

 

 

  कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ।

 

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

 

आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगको सूचना