संसदीय व्यवस्थाको विकल्प दिन्छौ,शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण,र नि:शुल्क गर्न संघर्षरत र्छौं :अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै पूर्णरूपमा अहिलेको संसदीय व्यवस्था असफल भएको र यो व्यवस्थाको विकल्प खोज्ने बेला आएको उनले बताएका छन्।

 

 

 निर्वाचनको बेला जनतालाइ अधिकार सम्पन्न गर्ने भन्ने चर्का नारा लगाएर सिंहदरवारको अधिकार गाउँ-गाउँमा पुर्याउने  जो प्रचारबाजी गरेर भ्रम सृर्जना गरेका थिए त्यो अहिले देखिएको गजुरेलले बताएका छन्।

 

 

 

त्यस्तै त्यति बेलाको वास्तविकता एउटा थियो भने अहिलेको वास्तविकता अर्कै भएको छ,सिंहदरबारको भ्रष्टचार गाउँगाउँमा पुगेको छ, हरेक किसिमका विकृर्ति विसँगतिहरू मौलाउदै गएका छन्। 

 

 

 

  निर्वाचनको बेला जनतालाइ कसरी हुन्छ दुइ तिहाइ बहुमत दिनु होस् हामी दुइ तिहाइको स्थाइ सरकार बनाउछौं र विकास निकास गर्छौ भनेर जो भ्रम सृर्जना गरिएको थियो।

 

 

 

अहिले त्यसको वास्तविकता अर्कै भएको छ, माथिदेखी तल्लो तहसम्मका कार्यकतालाइ राज्यको स्रोतसाधन दोहोन गर्ने योजनाका साथ निर्वाचनको बेला जनतालाइ भ्रम सृर्जना गरेको गजुरेलले आरोप लगाएका छन्।  

 

 

 

त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति एवम् विसङ्गतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण,नि:शुल्क एवम् सर्वसुलभ गराउन निरन्तर सङ्घर्षरत रहेको उनले बताएका छन्।

 

 

 

 

त्यस्तै अहिलेको यो सरकारले जनताको स्वास्थ्यको बारेमा जिम्मा लिनु पर्दैन् ? जनता प्रति जफादेही हुनु पर्दैन ? राष्ट्रघाती र जनघात गर्न र माफियाहरूलाइ लुट मचाउन मात्र ओली सरकार आफै माफियाको नाईके भएको गजुरेलले आरोप लगाएका छन्।  

 

 

 

त्यस्तै स्वास्थ्य क्षेत्रका माफियाहरूलाइ ओली सरकारले लुट मचाउने योजना गरि विभिन्न वहाना बाजी गरि रहेको उनले बताएका छन्।