जुवा खालमा छापा मार्दा ,दुर्लभ वन्यजन्तुको अखेटोपहार तथा जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ नागरिकहरु पक्राउ

काठमाडौं। काठमाडौं प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ ।

 

 

काठमाडौंको ज्याठामा रहेको एक होटलबाट गएराति उनीहरु पक्राउ परेका हुनु । होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा चिनियाँ नागरिकहरु समातिएका हुन । महानगरीय प्रहरी परिसर टेकु र लैनचौर वृत्तको विशेष टोलीले छापा मारेको थियो ।

 

 

होटलमा टोलीले व्यापक खोजतलास गरियो । ज्याठा गल्लीभित्र चाइनिज नागरिक वीनलङ शीले सञ्चालन गरेको जियंघु खाजान नाम गरेको होटलमा चिनियाँ नागरिकहरु भेला भई सम्पत्ति हारजित हनेगरी जुवातास सट्टेबाजी खेलाइरहेको अवस्थामा फेला पारेको थियो। त्यस्तै एक तल मुनि दुर्लभ वन्यजन्तुका अखेटोपहारहरु फेला पारेको थियो ।

 

 

उनीहरुबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल दुई थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा मा जुङ बताउने पलास्टिकको गोटी ४१० थान, नगद आठ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल सात थान, बाघको छालाजस्तो देखिने एक थान, गाईको छालाजस्तो देखिने एक थान, कस्तुरीको बिनाजस्तो देखिने २० थान, बुद्धचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० केजी, राहदानी दुई थान, विभिन्न चाइनिज बैंकका एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने दुई थान, फलामको धारिलो खुकुरी दुई थान तथा फलामको धारिलो तरवार एक थान बरामद गरेको प्रहीले जानकारी दिएको छ। उनीहरुमाथि वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।