एमाले कार्यदल बैठक बस्दै,ओली-नेपालबीच सहमति हुन सक्ने अनुमान

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्ने छ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।

कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने जानकारि दिएका छन् ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।

उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।