पेट्रोलियम पदार्थमाको मूल्य वृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् ।

 

निषेधाज्ञाको समयमा उपभोक्ताहरुलाई मारपर्ने गरि पेट्रोलियम पदार्थकमा गरेको मुल्यवृद्धि फिर्ता लिन विद्यार्थी नेताहरुले नेपाल आयल निगममा ज्ञापन पत्र बुझाएका छन् ।

 

विद्यार्थीहरुले विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् ।

 

पछिल्लो पटक नेपाल आयल निगमले गत मंगलबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले बढेको पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेलरमटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ ।

 

हवाई इन्धन आन्तरिकतर्फ ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।