ओली-नेपाल पक्षका नेताहरुबिचको कार्यदलको बैठक सिंहदरबारमा सुरू

काठमाडौँ । नेकपा एमालेका ओली र नेपाल पक्षका  नेताहरुबिचको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ।

 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बैठकमा सहभागि भएका हुन्। शुक्रबार दिउँसो १ बजेदेखि बैठक जारी छ।

 

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।