राज्यको ढुकुटीबाट विदेशमा उपाचार गर्न एक रुपौँया कसैलाई छुट हुदैन्: गगन थापा

 

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपाचार गर्न एक रुपौँया पनि कसैलाई छुट नभएको दाबी गरेका छन् । उनले सामाजि सञ्जालमा लेख्दै उक्त कुराको दाबी गरेका हुन् ।

 

साथै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री केपी शार्मा ओलीले कानुनको अपहेलना गरेको आरोप लगाए ।

 

एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको एपोलो अस्पतालमा लागेको उपचार खर्च पहिले एमाले पार्टीले नै गर्ने निर्णय भएको थियो। पछि उनको उपचार गर्न सरकारले खर्च गर्ने निर्णय भएको समाचार सार्वजनिक भएको थियो। सरकारको सोही निर्णयबारे उनले विरोध जनाएका हुन्।

 

” उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थमन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन। ” थापाले भनेका छन्।

 

‘ यसका लागि कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव आफूले राखेँको ‘  उनको भनाइ छ ।