आउदैँ छ नेष्डो समद्ध लघुवित्तको आईपीओ

काठमाडौँ । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 

संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

 

आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीका अनुसार आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिएको थियो ।

 

अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।