देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भयो यस्तो सहमति

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठबाट फर्किएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी प्रचण्ड केही बेरअघि मात्रै फर्किएका हुन् ।

 

 

दिउँसो सवा ३ बजे बूढानीलकण्ठ पुगेका प्रचण्डले करिब एक घण्टा देउवासँग छलफल गरेका थिए।

 

 त्यस्तै छलफलमा उनिहरुले अबका आउने दिनमा अझै मोर्चा बन्दीलाइ थप बलियो बनाउदै लगिने र ओलीलाइ जसरी भए पनि परास्त गर्ने योजनाका साथ अगाडी बढ्ने जनाइएको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै बनेको पाँच दलीय विपक्षी गठबन्धनका नेताहरुबीच पछिल्ला दिनमा बैठकसमेत हुन नसकिरहेका बेला देउवा र प्रचण्डको भेट भएको हो।

 

 

शनिबार नै प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटेका थिए।

 

 

भेटमा उनले विपक्षी गठबन्धनको साथ नछोड्न भनेका थिए। उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई धोका दिन सक्ने भन्दै सचेत हुन भनेका थिए।