माधव नेपालको स्वास्थ्यमा समस्या, निवासमै पुगेर प्रचण्डले गरे स्वास्थ्यलाभको कामना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ । केहि दिन यतादेखि ‘जनै खटिरा’ भएकाले चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटेश्वर निवासमा पुगेर नेता नेपालको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका छन् । प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गरे ।

 

नेपालको स्वास्थ्य समस्याका कारण शनिबार प्रचण्डले संक्षिप्त भेट मात्र गरेको र अन्य कुनै पनि विषयमा कुरा नभएको गौतमले स्पष्ट पारेका छन् ।