सर्वोच्च अदालतमा दिएको हस्ताक्षर फिर्ता हुदैँन : माधव नेपाल
काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा दिएको हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले अदालतलाई प्रभाव पार्नेगरी कुनै पनि सहमति नहुने बताए ।
‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।
नेपालनिकट सदस्यहरू उनलाई भेटेर आएपछि अहिले कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेका छ। नेताहरूले आज सहमति हुने बताएकाले यो बैठकलाई निकै चासोका साथ हेरिकएको छ।