दुई सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

 

गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार २०० रुपैयाँले घट्न पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।