संसद विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको  संसद विघटनलाई पनि असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बदर गरेको छ ।

अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो संसद विघटनको निर्णय खारेज भएको हो।  यस्तै  सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउन आदेश जारी गरेको छ।

संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको  छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो। 

प्रतिनिधिसभा पुनस्स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।