प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । एमालेका वरिष्ठ नेता माधव कुमारलाई भेट्न उनी कोटेश्वर पुगेका हुन् ।

 

 

 

प्रचण्ड र नेपालबीच अहिले कोटेश्वरमा संवाद चलिरहेको छ । सोमबार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक बोलाएको छ। बैठकअघि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

 

 

सर्वोच्च अदालतले सोमबार संसद पुर्नस्थापनाको फैसलासँगै १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार कांग्रेस सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ।