माधव नेपाललाई वामदेव र नारायणकाजीले छुट्टाछुट्टै कोटेश्वरमा भेटे

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छुट्टाछुट्टै भेट गरेका छन् । बुधबार नेपालले दुबै जनासँग छुट्टा छुट्टै विषयमा छलफल गरेका हुन्।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्।

 

नेपालले श्रेष्ठबीच गठबन्धनबारे छलफल गरेका थिए । गौतमसँग भने नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी गरेका थिए।

 

यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए आफूले सहयोग गर्ने बताएका थिए। पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।