नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टि,१६०६ जना डिस्चार्ज

काठमाडौं। नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण हुँदा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

 

 

 

यस्तै १६ सय ६ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

 

 

 

हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।