अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

काठमाडौँ । सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् ।

 

यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो । यो चलचित्रलाई रोहित धवनले निर्देशन गर्दैछन् । साउथको रिमेक गर्नका लागि बलिउड निर्माताले ९ करोड रुपैयाँ तिरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

यो चलचित्रमा अल्लू अर्जुन पनि केमियो भूमिकामा देखिन लागेका छन् । मिडिया रिपोर्टका अनुसार, यो चलचित्रमा नायिका कृती सेननले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

 

कृति र कार्तिकले यसअघि सन् २०१९ मा रिलिज भएको चलचित्र ‘ लुका छुपी’मा एकसाथ काम गरेका थिए । यो चलचित्र बक्स अफिसमा हिट भएको थियो ।