प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिने तयारीमा

काठमाडौं । नेपाली कंग्रेसका सभातिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आजै विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

 

 

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज प्रतिनिधि सभा बैठक बस्न लागेको छ । आजकै बैठकमा विश्वासको मत लिने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

 

 

संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । एमाले र जनता समाजवादी पार्टी ९जसपा०मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारको स्थायी कमिटी बैठकमा विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएको छ । तर देउवाले आज नै विश्वासको मत लिने तयारीलाई विशेष रुपमा हेरिएको छ ।