कोटेश्वरमा माधवलाई भेट्न पुगेका शङ्कर पोखरेलले लेखेः तीन महिनाको मेहनत खेर गयो

काडमाडौँ । एमाले एकता कार्यदल सदस्य शङ्कर पोखरेलले १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताएका छन् ।

 

आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जानकारी दिएका हुन् ।

 

 

‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले भनेका छन् ।