देउवालाई विश्वासको मत दिन झलनाथको अपिल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

 

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै एमालेका सांसदलाई देउवालाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

 

‘ देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौं । त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरू सञ्चालन गरौं,’ खनालले लेखेका छन् ।

 

उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको हुँदा विश्वासको मत दिनुपर्ने पनि बताएका छन् ।