प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दै यस्तो भने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले आफ्नो पहिलो प्राथमिकता कोभिड प्रकोपबाट जोगाउनु रहेको बताए ।

 

 

उनले भने, ‘सरकारले कोभिड रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु।

 

 

उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एक अर्काका शत्रु नभएको पनि बताएका छन् ।उनले सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने बताए ।

 

 

‘केपी शर्मा ओलीले साढे ३ वर्ष सरकारको नेतृत्व गर्नुभयो, असल कामका लागि धन्यवाद । ओलीको अनुभव पनि उपयोगी हुनेछ ।

 

 

कमी कमजोरी सुधार गर्दै जानुपर्नेछ । सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ भन्ने मेरो मान्यता छ । हामी राजनीतिक दल एक अर्काका शत्रु होइनौँ, सहयात्री हौँ भन्ने भावनाका साथ काम गर्नुपर्छ ।