सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको होइन,संविधान मिच्नेलाई संविधान छ भनेर सम्झाएको हो: नेता रिजाल

काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त गरिएको भन्ने प्रदीप ज्ञवालीको टिप्पणी माथि जवाफ दिएका छन् ।

 

 

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतले प्रधानमन्त्री नियुक्ति गरेको नभई संविधान मिच्नेहरूलाई संविधान छ भनेर सम्झाएको बताए ।

 

 

उनले देउवाको पक्षमा विश्वासको मत माग्दै रिजालले यो २०४७ सालको संविधान नभएको पनि प्रष्ट पारे ।

 

 

उनले हिजो केपी शर्मा ओलीको नेतृत्व सरकार बनेदेखि संविधान भत्काउने काम सुरु भएको बताए।

 

 

सभामुख र उपसभामुख एउटै दलबाट भएको विषय सम्झाउँदा पनि नमान्नेहरुलाई अहिले अदालतले संविधान छ भन्ने सम्झाना गराएको बताए ।