विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटेर छलफल गरेका छन् । ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्री र गृहमन्त्री सँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण सहभागी थिए भने नेकपाबाट विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माधवकुमार नेपाललाई भेटेका थिए।