काठमाडौं उपत्यकाका कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं। काठमाडौँ उपत्यकामा ६१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जना संक्रमित थपिएका हुन्।

 

 

यस्तै नेपालमा थप ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ जनामा संक्रमण देखिएको हो ।

 

 

 

यस्तै एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । १६ जनाको मृत्यु भएको छ ।