कोरोना भाइरसको नयाँ भेरियन्ट देखियो, अन्यभन्दा झन् खतरनाक रहेको दाबी
काठमाडौं। कोरोना भाइरसको फेरि अर्को नयाँ म्युटेसन देखिएपछि वैज्ञानिक चिन्तामा परेका छन्। पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्।
यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको बताइएको छ।
छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन (म्युटेसन) भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलालई डेल्टा–३ पनि भनिन्छ। यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।