नहरमा डुबेर बालकको मृत्यु
मोरङ । मोरङको विराटनगरमा नहरमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राजकुमार महतो रहेका छन् ।
आइतबार दिउँसो सवा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।