सभामुख र अर्थमन्त्रीबीच सिंहदरबारमा छलफल

काठमाडोँ । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटेर छलफल भएको छ । समोबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबिच छलफल भएको हो ।

 

संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा उनीहरुबिच छलफल भएको बताइएको छ ।

 

सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

 

सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।