बझाङमा करेन्ट लागेर २१ वर्षिया युवाको मृत्यु
कैलाली । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका वडा नम्बर २ का अन्दाजी २१ बर्षिया कलक बहादुर जाग्रीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय बुंगलका ईन्स्पेटर लोकेन्द्र कार्कीले जानकारी दिए।
बुंगल नगरपालिका वडा नम्बर १ का छिमेकी गणेश बहादुर बोहराको खुर्सानीको बारीमा जाग्री शरीर तार बेरीएको र शरीरमा कालो दाग सहित मृत अवस्थामा फेला परेको कार्कीले बताए ।
कार्कीका अनुसार बोहराले कुखुरा पालन गरेको र रातीको समयमा श्याल आएर कुखुरा खाने भएका कारण श्यालका लागी कोठा बाट तार लिएर विद्युत प्रवाह गर्ने गरेका थिए ।