दार्चुला घटनाको विरोधमा अखिल (क्रान्तिकारी) ले भोली भारतीय राजदुतावास घेराउ गर्ने
काठमाडौँ । साउन १५ गते भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर एक नेपाली महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल (क्रान्तिकारी ) केन्द्रि समितीले लैनचौरस्थित भारतीय राजदुतावासमा घेराउ गर्ने भएको छ ।
सो घटनामा संलग्न अपराधीलाइ कारबाहीको माग गर्दै अखिल (क्रान्तिकारी) ले भोली सोमबार दिउसो १२ बजे विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।