दार्चुला घटनामा भारतको ज्यादती तत्काल बन्द गर्न सरकारलाई अध्यक्ष गजुरेलको माग
काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौं लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।
भारतीय सीमा सुरक्षा बलका एसएसबीले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् । उनले भारतीय दूताबास नजिकै लैनचौरमा भएको विरोध प्रदर्शनलमा बोल्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका छन् ।
साउन १५ गते दार्चुलामा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।