बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु
काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिका– ९ मङरु मा चट्याङ लागेर एक बालको मृत्यु भएको छ ।
सोमबार साँझ ६ बजे परेको चट्याङले स्थानीय नारायणराम कोलीका ९ वर्षीय छोरा भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले बताए ।
घर नजिकैको धारामा साथीसंगै पानी भर्न जादा परेको चट्याङले कोलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनि संग गएका साथीभने सकुसल छन् ।