माओवादी केन्द्रीय कमिटी बैठक : प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ। शनिबारबाट सुरु भएको
केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।
दोस्रो दिनको केन्द्रीय कमिटी बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ ।
अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व गर्दै हितराज पाण्डेले धारणा राखेका छन् । माओवादीले आठवटा समूहमा विभाजित गरेर नेताहरुलाई धारणा राख्ने व्यवस्था मिलाएको छ ।
टोली नेताले धारणा राखिसकेपछि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर बैठक समापन गर्ने तयारी भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।