बागमती प्रदेशको प्रदेशसभा बैठक दिउँसो दुई बस्दै

काठमाडौँ । बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक मंगलबार दिउँसो दुई बजे बस्न लागेको हो ।

 

 

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।

 

यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भइ सकेका थिए ।