आज सुनको मूल्य तोलामा कतिले बढ्यो ?

काठमाडौँ । आज भाद्र १ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २१० रुपैयाँ प्रतितोला पुगेको छ ।

 

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य थप ४०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९० हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।