माधव नेपाल पक्षले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’

काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।

 

यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको छ ।