जसपा नेपालका नेता रेशम चौधरीले रोजे महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई रोजेका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।

 

 

पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला तटस्थ बसेका चौधरीले विभाजनका बेला भने ठाकुर पक्षलाई साथ दिएका छन् । नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।