कोरोनाले लग्यो राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको ज्यान

काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । बुधबार साँझ ६७ वर्षीय शेरचनको कोरोना संक्रमणबाट सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा निधन भएको हो ।

 

 

उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए । वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

 

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।