धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ

काठमाडौँ । प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ ।

 

गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका-१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका-९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

 

 

उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मूर्ति)  करोडौं रुपैयाँमा किनबेच गरिरहेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।