एमाले फुटेको होइन, टुक्रिएको हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई टुक्रिएको बताएका छन्। यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए ।

 

बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

 

उनले प्रदेश-प्रदेशमा पार्टीभित्र अन्तरघात भएको संसद जोगाउँछु भन्दा आफूलाई विश्वासको मत नदिइएको दाबी गरे।

 

‘एमालेलाई कमजोर गर्ने र देशलाई अस्थिरतामा लैजाने गरी कामहरू चलाइएका छन्,’ ओलीले भने,‘आफैंले फोन गरेर, कुरा गरेर, भेटेर एकताको प्रयास गरेको छु। मैले नै एकताको प्रयास गरिनँ भन्नु अनुचित आरोप हो।’