राष्ट्रपतिद्वारा बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेर प्रसाईलाई पदमुक्त गरेकी हु्न् ।

 

 

राष्ट्रपति कार्यालयले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको बताएको छ । यस्तै संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बतायो ।