मोटरसाइकल चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । बाँकेमा मोटरसाइकल चारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ बाट मोटरसाइकल चोरेर लैजाँदै गरेको अवस्थामा २० वर्षीय सुन्दर मल्ल र अरु दुईजना १८ वर्षका किशोरलाई  पक्राउ गरेको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले आरोपीहरुको साथबाट चोरेको भे.३ प. ६००४ नम्बरको मोटरसाइकल, १ थान हेड लाइट, १ थान ट्याङ्की कभर, १ थान स्क्रु ड्राइभर, १ थान रेन्ची, ७ थान मोटरसाइकल स्टिकर बरामद गरेको छ ।