विश्वकपका लागि १७ खेलाडी छनोट (सूचीसहित)

काठमाडौं।ओमानमा हुने लिग—२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिदेशीय श्रृंखलामा भाग लिने टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले १७ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

 

 

टोलीमा फास्ट बलर गुलशन झा पहिलो पटक टोलीमा परेका छन् । उनी नेपाल प्रहरीका खेलाडी हुन् ।

 

 

क्लोज क्याम्पमा रहेका कमलसिंह ऐरी र साहब आलाम बाहिरिएका छन् । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको राष्ट्रिय टोली मंगलबार ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

 

 

सेप्टेम्बर १४ देखि २० सम्म हुने विश्वकप छनोट आधार रहेको लिग–२ प्रतियोगिता अघि नेपालले ओमानमै पपुवा न्युगिनीसँग दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।