मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

 

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो ।

 

 

गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार ८ सय ५६ जनाले १०र१० कित्ताका दरले सेयर हात पारेका छन् भने लक्की ३ जनाले ११र११ कित्ता सेयर पारेको विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ ।

 

कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो ।

 

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ निष्काशन गरेकोमा ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको र ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

 

सेयर बाँडफाँडको नतिजा ९रिजल्ट० बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ ।