आठ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या

काठमाडौँ । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने बच्चीसहित एक दम्पत्तीले झुण्डिएर आत्माहत्या गरेका छन् । आफ्नै कोठामा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविनाको झुण्डिएरको अवस्थामा शव फेला परेको हो ।

 

 

उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।  रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

 

 

रविनले ‘विदेश पठाउँछु’ भनेर गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ