माधव नेपालले ओलीलाई धोका दिएर देउवाको पाउमा परेको नविना लामाको आरोप

काठमाडौँ । नेकपा (एमाले) की नेतृ तथा सांसद नविना लामाले माधव कुमार नेपालले ओलीको स्थाई सरकारलाई धोका दिएर देउवाको पाउमा परेको आरोप लगाएकी छन् । अहिले सम्म माधवले आफ्नो नातागोता र छोराछोरीलाई मात्र व्यवस्थापन गरेको उनले दाबी गरिन् ।

 

यस्तै नेपालले कुन्ठा, द्वेषको भरमा कथित विधि पद्धतिको लेपन लगाएर गुटबन्दी गर्दै पार्टी फ़ुटाउएको उनले बताएकी छन्  । सोमबार सामाजिक सञ्जालमा माधव नेपालले नयाँ पार्टी खोलेको विषयलाई लिएर उनले आक्रोस पोखेकी हुन् ।

 

साथै जनता र कार्यकर्ताहरूको मतलाई बेवास्ता गरेर नेपाल पक्षले पार्टी विभाजन गरेको भदै अब जनता र कार्यकर्ताले छुट नदिने चेतावनी दिएकी छन् । 

 

 

उनले लेखेकी छिन्,‘सामाजिक संजालमा गौरवशाली जनताको प्रिय पार्टीको विभाजनमा केही मानिसहरु रमाएको देखेर केही लेख्न मन लाग्यो। आफुलाई जनताका मुक्तिदाता ठान्ने केही विभिषणले बनाएका क.माधव कुमार नेपालको नेतृत्वले आज पार्टी विभाजन गरेर दर्ता प्रक्रिया जुन ढङ्गले अघि बढाएको छ, त्यो रवैयालाई कार्यकर्ता र पार्टीको शुभचिन्तक अनि आम जनताले कदापी छुट दिने छैनन्।’

 

 

माधव नेपाल लोभी , पापी , चरम व्यक्तिवादी र अवसरवादी भएको उनको भनाइ थियो । पार्टी फ़ुटबाट जोगाउन भीम रावल, योगेश, गोकर्ण, घनेश्याम र सुरेन्द्र लगायत कमरेडहरुको भूमिका सम्मानजनक रहेको उनले बताएकी छन् ।

 

 

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ।