नेपाली क्रिकेट टिम ओमान प्रस्थान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।

 

 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।

 

 

नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो ।