लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा सुवेदी नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदीलाई नियुक्त गरेको छ । निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो ।

 

 

प्युठानका सुवेदीलेको प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।

 

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।