भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइ रहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बाँकेका एक जना र दाङका एक जना रहेका छन् ।

 

 

राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए ।

 

 

योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । ती मध्ये ३२८ जना बाँके जिल्लाका हुन् ।