लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत गर्न महन्थ समूह पुग्यो निर्वाचन आयोग

काठमाडौं । नयाँ दल दर्ताका लागि सनाखत गर्न लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

 

 

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

 

 

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।